विश्व किर्तिमान बनाउँदै अमेरिकामाथि नेपालको जित

Posted on: 12 Feb, 2020

माघ २९, काठमाडौं | नेपालले आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा विश्व किर्तिमान बनाउदै अमेरिकामाथि जित हासिल गरेको छ | कीर्तिपुरस्थित  त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो |

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो | टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो | नेपालका लागि पारस खड्काले २० रन  र दिपेन्द्र सिंह ऐरीले  १५ रन बनाए |

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो लक्ष्य पुरा गर्दै कीर्तिमानी जित निकालेको छ | विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!