कोरोनाभाइरसबारे विश्व स्वास्थ्य सङ्गठनको यस्तो चेतावनी

Posted on: 03 Mar, 2020

फागुन २०, एजेन्सी | चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण विश्वभरी निकै चिन्ता बढेको छ | विश्व स्वास्थ्य संगठन (WHO)ले कोरोनाभाइरसका कारण विश्वको अवस्था के होला भन्नेबारे अनुमान गर्न नसकिने चेतावनी दिएको छ |

हाल सम्म कोरोनाभाइरस नियन्त्रणको उपाय केहि नभेटिएको र अनौठो खालको भाइरस भएको सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले बताएका छन् | त्यसकारण कोरोना बिरुद्ध विश्वका सबै राष्ट्रहरुले एक भएर लाग्नु पर्ने उनको भनाई छ |

अनौठो खालको भाइरस भएकाले विश्वभरी खतराको रुपमा रहन सक्ने भन्दै सतर्क रहन विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ | हाल सम्म कोरोनाभाइरस ७४ भन्दा बढी देशमा फैलिसकेको छ | ३ हजार भन्दा बढिको मृत्यु भइसकेको छ |

त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् | उक्त भाइरस ९० हजार ९ सय ३१ जनामा सङ्क्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ |

यस अघिनै विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ,भने नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!