देउखुरीको सतवरीया जंगलमा भेटियो ‘रटेल’ नामक दुर्लभ जनावर

Posted on: 17 Jul, 2016

सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।

दुर्लभ जंगली जनावर फेला परेको छ । पहिलोपल्ट रटेल नामको जनावर देउखुरीको जंगलमा फेला परेको वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जिवी खनालले जानकारी दिए । रटेललाई आग्रेजी मा हनी ब्यडगर भनिन्छ ।


देउखुरीको बनमा भईरहेको क्यामरा जडानको क्रममा सतबरियाको कालीखोलामा रटेल पत्ता लागेको हो । स्वोचालित क्यामरा ट्रापमा उक्त स्तनधारी जनावर पहिलोपल्ट भेटिएको अनुसन्धानकर्मी खनालले वताए । रटेल माम्सहारी र साकाहारी दुवै हो । यसले अरु स्तनधारी, सरीस्रीप, चरा, किरा, फलफूल र मह खाने गर्छ । यसको छोटो कान र लामो पञ्जा हुन्छ । सरिरको माथिल्लो भाग सेतो रङ्गको भयपनी सारीरको तल्लो भागको रङ कालो हुन्छ ।नेपालको संकटापन्न सुचीमा रहेको यो प्रजातीको संख्या एक सय भन्दा कम रहेको अनुमान गरिएको छ । जुन नेपालको पाटे बाघको सख्या भन्दा पनि थोरै हो ।

रटेलको अनुसन्धान हुन सकेको छैन् । अनुसन्धान हुन नसक्दा यस्को बारेको धेरै जानकारी हरु छैनन् । नेपालको तराई भ–ुभागमा पाईने यो प्रजाती सख्या घट्दै गएको अनुमान गरिएको छ । संख्या घट्दै जानुमा बासस्थान बिनास, वन जंगलमा डढेलो र चोरी सिकारी वढ्नु रहेको छ । तराइका निकुञ्ज र बन्यजन्तु आरक्षमा भेटिने रटेल दाङमा भेटिएको पहिलो हो । निकुन्ज र बन्यजन्तु आरक्षमा समेत बिरलै भेटिने बन्यजन्तु दाङमा भेटीनु खुशीको कुरा हो । तर, दाङ प्रकृतीक र जैबिक बिबिधताले भरीपुर्ण भएपनि जिल्लामा पाईने जंगली जनावरहरुको संरक्षण तर्फ कसैको ध्यान गएको पाइएको छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!