इटालीमा कोरोनाकाभाइरसका कारण २४ घण्टामा १ सय ८९ जनाको मृत्यु

Posted on: 13 Mar, 2020

फागुन ३०, एजेन्सी | विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण इटालीमा एकै दिन १ सय ८९ जनाको मृत्यु भएको छ | इटालीका सरकारी अधिकारीहरुका अनुसा पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा २३ प्रतिशतले वृद्धि भएको हो |

इटालीमा संक्रमितको संख्यामा पनि २१ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ भने कुल संक्रमितको संख्या १५ हजार एक सय १३ पुगेको छ | त्यस्तै मृत्यु हुनेको संख्या एक हजार १६ जना पुगेको जनाइएको छ | विश्वमा कोरोनाका कारण ४ हजार ६ सयभन्दा बढी नागरिकको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ |

विश्वमा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!