कोरोनाभाइरस :अमेरिकी राष्ट्रपति ट्रम्पले गरे स्वास्थ्य परिक्षण

Posted on: 15 Mar, 2020

चैत २, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाभाइरस(कोभिड-१९) परिक्षण गरेका छन् | ह्वाइट हाउमा आयोजित सम्वाददाताहरुसँगको अन्तरक्रिया कार्यक्रमा राष्ट्रपति ट्रम्पले आफुले स्वास्थ्य परीक्षण गराएको बताएका हुन् |

उनलाई उपराष्ट्रपति माइकल पेन्सले कोरोना परिक्षण गर्न भनेका थिए | राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षणको नतिजा एक दुई दिनमा आउने बताएको ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ | त्यस्तै अमेरिकाले बेलायत र आयरल्यान्डबाट आउने मानिसहरुका लागि प्रतिबन्ध लगाएको छ |

तर ती देशबाट अमेरिका प्रवेश गर्नेहरुमाथि प्रतिबन्ध लगाएपनि अमेरिकी नागरिकहरु घर फर्किन पाउने उपराष्ट्रपति पेन्सले बताए | अमेरिकामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भैसकेको छ भने २४९९ जनामा संक्रमण भएको पुष्टि भएको छ |

गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी नै महामारीको रुपमा फैलिएको छ | पछिल्लो समय चिनले भने आफू कोरोना मुक्त भएको भन्दै घोषणा गरिसकेको छ | तर अन्य देशहरुमा भने महामारीको रुपमा फैलिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!