कोरोनानै नलागेको स्वस्थ व्यक्तिलाई कोरोना संक्रमित गराइने, WHO द्वारा सहमति

Posted on: 10 May, 2020

वैशाख २८, एजेन्सी | विश्व स्वास्थ्य संगठन (WHO) ले एक विवादित परीक्षणमा आफ्नो समर्थन दिएको छ, जसमा स्वस्थ मानिसहरुलाई कोरोना भाईरस संक्रमित गरिनेछ । यस क्रममा भोलेन्टिएर गर्नेहरु कोरोना  संक्रमणको गम्भीर रूपमा बिरामी बन्ने खतरा समेत रहेको बताइएको छ । 

डेली मेलको रिपोर्ट अनुसार,  WHO को अनुसार स्वस्थ भोलेन्टिएरलाई कोरोना संक्रमित बनाउनाले कोरोना बिरुद्धको भ्याक्सिन निर्माण गर्ने प्रक्रिया छिटो अगाडी बढ्नेछ र महामारी नियन्त्रणमा छिट्टै सफलता प्राप्त गर्न सकिनेछ । स्वास्थ्य संगठनले यसै कारणलाई मध्येनजर गर्दै नैतिक रूपले कोरोनानै नलागेको मानिसलाई कोरोना संक्रमित गर्न स्वीकृति दिएको छ ।


विश्व स्वास्थ्य संगठनले भ्याक्सिनको परीक्षणको बिषयलाई लिएर बिभिन्न आठ शर्त समेत निर्धारण गरेको छ । यसरी स्वस्थ मानिसलाई कोरोना संक्रमण गराउँदा १८ देखि ३० बर्षको मानिसहरु मात्र सहभागी गराउन सकिने उल्लेख छ ।

स्वस्थ मानिसमा भ्याक्सिनको परीक्षण गर्ने क्रममा भ्याक्सिन दिएपछि कोरोना संक्रमित गराइनेछ । त्यसैको आधारमा उक्त कोरोना सारिएको व्यक्तिमा भ्याक्सिनको असर भयो/भएन भन्ने परीक्षण गरिनेछ । मलेरिया, टाइफाइड, फ्लूको भ्याक्सिन तयार गर्नको लागि यस्तै तरिका प्रयोग भएका थिए । अहिले मलेरिया, टाइफाइड, फ्लूजस्ता रोगको उपचारको लागि औषधि पत्ता लागिसकेको छ ।


तर कोरोना भाईरसबाट ग्रसित व्यक्तिको उपचारको लागि कुनै औषधि पत्ता लागेको छैन । यसै कारण कुनै स्वस्थ व्यक्तिलाई कोरोना संक्रमित गराएपछि परीक्षण सफल भएन भने संक्रमित गराइएको व्यक्ति खतरनाक स्थितिमा पुग्न सक्ने डर पनि छ । 

साधरणत: पहिलेदेखिनै संक्रमित भईसकेकाहरुलाई भ्याक्सिनको ट्रायल गरिनेछ । अक्फोर्ड यूनिवर्सिटी तथा इम्पेरियल कलेज लन्डनको तर्फबाट त्यस्ता मानिसहरुमा ट्रायल शुरू गरिएको छ  । तर यो प्रक्रियाबाट भ्याक्सिन पत्ता लगाउन निकै लामो समय लाग्ने हुँदा नयाँ च्यालेन्जको परीक्षणको कुरा उठेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!