नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on: 29 Jul, 2016

साउन १४, चितवन । चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध भएपछि अहिले नारायणगढदेखि काठमाडौँ जाने तथा काठमाडौँ, पोखरालगायत क्षेत्रबाट नारायणगढ आउने यातायातका साधन बाटोमै रोकिएका छन् । 

पानीपर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन मुग्लिन र भरतपुरतर्फबाट डोजर र स्काइभेटर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!