चीनले रोक्यो म्यान्मारको सैन्य 'कू' बिरुद्ध निकाल्न लागिएको राष्ट्र सङ्घको वक्तव्य

Posted on: 03 Feb, 2021

माघ २१, काठमाडौँ । म्यान्मारमा भएको सैन्य कू बिरुद्ध निकाल्न लागिएको संयुक्त राष्ट्र सङ्घको वक्तव्य चिनले रोकेको छ । गत सोमबार म्यान्मारको सेनाले सत्ता कब्जा गरेर एक बर्षसम्म संकटकालको घोषणा गरेको थियो ।

उक्त सैन्य कूको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले संयुक्त वक्तव्य निकाल्ने तयारी गरेको थियो । तर,मङ्गलवार राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकबाट चीनको समर्थन नभएपछि संयुक्त वक्तव्य निकाल्न असफल भएको हो ।

म्यान्मारको सेनाले सोमवार आङ सान सु ची र सयौँ अरू सांसदहरूलाई गिरफ्तार गरेको छ । म्यान्मारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्।बिबिसी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!