हिउँले ढपक्क ढाकिएको एक स्वर्गको टुक्रा रारा (फोटो फिचर )

Posted on: 07 Feb, 2021

दान बहादुर बुढा  माघ २४, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्ये एक हो रारा । यस ताल लाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किनुका साथै ढपककै ढाकिएको छ । 

चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो तालले रारा रमणीय तथा प्राकृतिक सौन्दर्य डुबुल्की मार्दै निश्चल भएर बसेको छ । ढपक्कै ढाकिएकि रारा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुले उत्तिकै लर्को लाग्ने गरेको छ । 


बढीभन्दा बढी पर्यटक भित्राउने र अर्थत्रन्त बलियो बनाउन टेवा पु¥याउने उद्देश्यका साथ रारा ताल थप प्रभावकारी बनाउन साईकल लेन निर्माण गरिनुका साथै आथित्य सत्कारका लागि नेचर गाईडको पनि व्यवस्था गरिएको छ ।

हिमाली जिल्ला मुगुमा माघ महिनाको अन्तिम सातामा हिमपात हुदा यति खेर रारा सँगै आसपासमा स्थानहरु सेताम्ये देखिएका छन् । मनै लोभ्याउने यो रारा तालमा यतिबेला यहाका युवा युवति बालवालिका रारा घुम्न जाने गरेका छन् । प्राकृतिक सौन्दर्यले पनि उत्तिकै फड्को मारेको यस राराले देश सँगै विदेश सम्म पनि उत्तिकै नाम कमाएको छ । यसले गर्दा समग्र कर्णालीको पहिचान पनि बुनेको छ रारा तालले । 


यदि रारा ताल बाटै सम्द्धर्वन प्रद्धर्वदन गर्न सके कर्णाली आफैमा सम्वृद्धि बन्ने यहाका जानकारहरुको बुझाई रहेको छ । रारा तालमा हिमपात भए पछि त्यस स्थानका छेउ छाउमा रहेका होटल , होमस्टेहरु पनि भरिभराउ भएका छन् । रारा घुम्न गएका पर्यटकहरु लाई आर्कषक अर्गानिक खुवाउन यहाका होटल , होमस्टेहरु सञ्चालन भएको रारा मुर्मा होमस्टेका सञ्चालक देकिृष्ण रोकायाले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!