श्रम मन्त्री चौधरी सहित चारैजना मन्त्रीले लिए सपथ

Posted on: 09 Apr, 2021

चैत २७, काठमाडौँ । पद मुक्त भएका श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्री गौरीशंकर चौधरी सहित उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र शहरी विकास मन्त्रीले पुनः पद तथा गोपनीयताको सपथ लिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् । शुक्रबार राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा ४ जना मन्त्रीको नियुक्ति गरेकी हुन् ।

यसअघि माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका उनीहरुको बिहिबार सांसद पद खारेज भएको थियो । बिहिबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि प्रशाद सापकोटाले चार जना मन्त्रीहरुको सांसद पद खारेज भएको जानकारी गराएका थिए । 

यसअघि मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसदबाट हटाउन संसद सचिवालयमा पत्र पठाएको थियो । माओवादी केन्द्रबाट सांसद बनेका उनीहरु नेकपा विभाजपछि ओली समूहमा लागेका थिए । उनीहरु अहिले नेकपा एमालेको केन्द्रिय सदस्य बनेका छन् । 

एमालेमा प्रवेश गरेपछि उनीहरुलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेको हो । राजनीतिक दल समबन्धि  ऐनअनुसार दल परित्याग गरेमा सांसद पद खारेज हुने व्यवस्था छ । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था रहेको छ जस अनुसार ओलीले उनीहरुलाई मन्त्रीमा पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!