चण्डिका महायज्ञ उग्रतारा मन्दिरमा

Posted on: 17 Aug, 2016


ललित बोहरा/भदौ १, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै डडेल्धुराको उग्रतारा मन्दिरमा सञ्चालित सहस्त्र चण्डिका महायज्ञ आज सम्पन्न भएको । 

परिवार, समाज, क्षेत्र, राष्ट्रमा अशान्ति फैलदा सहस्त्र चण्डिका महायज्ञ लगाई शान्तिको कामना गरिने हिन्दु धर्मको परम्परा अनुसार महायज्ञ लगाईएको थियो । उग्रतारा मन्दिरमा पाँच दिन सम्म लगाईएको महायज्ञमा एक सय आठ ब्रामणहरुले राष्ट्र शान्तिका लागी एक हजार पाठ गरि दैनिक रुसमा जप गरेका थिए । 

हिन्दु धर्मको रुद्रयामल तन्त्रमा बताईए अनुसार परक्रम भय तथा रोग व्याधी, अन्य कयौ दुःख पिडाबाट मुक्तिका लागी सहस्त्र चण्डिका महायज्ञ लगाउनु वा लगाईने महायज्ञका प्रमुख पुजारी शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका छन । आज होम, गौदान, प्रशाद वितरण, कन्यालाई दान गर्दै सहस्त्र चण्डिका महायज्ञमो समापन गरिएको महायज्ञका आयोजक पुष्प भट्टले बताएका छन । सहस्त्र चण्डिका महायज्ञ नेपालमा बिरलै हुने भएकाले उग्रतारा मन्दिरमा हुनुले अलौगिक र कलिकालको असमयोग यज्ञ मान्न सकिने उनले बताएका छन । 

परापुर्वकाल देखि अहिले सम्मको यो महायज्ञ सुदुरपश्चिम क्षेत्रको पहिलो यज्ञ नै भएको शास्त्रि पण्डित जयप्रशाद जोशीले बताएका थिए ।  

नेपालमा परापुर्वकाल देखिनै मानिदै आएको हिन्दु धर्मको संस्कृती, हिन्दु दर्शनलाई जगेर्ना गर्न, नेपाललाई हिन्दु राष्ट्रको रुपमा स्थापना गर्न, हिन्दु धर्मालम्बिहरुको बाहुल्यता भएको नेपालमा घात र प्रतिघात भईरहेकाले उग्रतारा मन्दिरमा लगाईएको सहस्त्र चण्डिका महायज्ञले आम नोपलीमा सदबुद्धी आउने बिश्वास लिईएको पण्डितहरुले बताएका छन ।  

महायज्ञ अबधिभर उप–क्षेत्रियअस्पताल डडेल्धुराले निशुल्क प्राथमिक उपचार एवं चेकजाँच शिविरको आयोजना गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!