कहिलेसम्म यस्तो ?

Posted on: 03 Sep, 2016


खान जान्ने व्यवस्थापन गर्न नजान्ने । गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोबाट जिल्ला विकास समिति जाने बाटोमा यसरी असरल्ल अवस्थामा फालिएका फोहोरले लाग्छ महिलाहरुको रमाइलो पर्व तीजको खिल्ली उडाइरहेको छ । 

फोहोर कसले फाल्यो भन्दा पनि यसको व्यवस्थापनमा प्रयोगकर्ता उपभोक्ता जागरुक नभएसम्म हाम्रा सडक, गल्ली, चोक, बजारहरु यसैगरी हाम्रो सभ्यताको खिल्ली उड्ने गरी यी प्लास्टिक जन्य फोहोरहरु सजिने छन् ।

 हामी आम नागरिकहरु यस प्रकारका प्लास्टिकजन्य पदार्थहरुको प्रयोग गर्दा यसबाट निस्कने प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा ध्यान दिन सकेनौ भने अबको केही वर्षमै शहर बजार हैन हामी पनि कुरुप बन्नेछौँ । तस्वीर: प्रभात सुवेदी/सास,बर्दिया 


यस बिषयमा तपाइको प्रतिक्रिया...!