जङ्गली हात्तीको आक्रमणबाट विद्यार्थीको मृत्यु

Posted on: 15 Sep, 2016

प्रभात सुवेदी । भदौ ३०, बर्दिया ।
विद्यालयबाट अध्ययन गरेर घर फर्किने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी आज एक विद्यार्थीको मृत्यु भएको छ ।
त्रिभुवन उच्च मा.वि.  सुर्यपटुवा –४,  टडुँवाको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय युवराज चौधरीलाई विद्यालयबाट पत्थरबोझी घरतर्फ साइकलमा फर्किँदै गरेको अवस्थामा  हात्तीले आक्रमण गरी गम्भीर घाईते बनाएको थियो । उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पताल पुर्याइएकोमा उपचार सफल हुन नसकेकोमा इमरर्जन्सी वार्डमा नै डाक्टरहरुले मृत घोषित गरेको बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराका प्रमुख संरक्षण अधिकृत  रमेश थापाले बताउनुभयो ।
 

शबलाई पोस्टमार्टमका लागि कोहलपुर मेडिकल कलेजमा नै राखिएको निकुञ्कुजका प्रमुख संरक्षण अधिकृत  रमेश थापाले  थापाले बताउनुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!