प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा 'नवदुर्गा महोत्सब' हुने

Posted on: 20 Sep, 2016

असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ ।

संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धन भन्ने मुल नाराका साथ नवरान्त्रीको नौ दिन सम्म चल्ने महोत्सबको तयारी सुरु भएको आयोजक बिन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले मंगलवार  पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

नबदुर्गा महोत्सब अन्तर्गत असोज १५ गते घटस्थापनाको दिन देखि महानबमीको दिन सम्म दैनिक भागबत कथा बाचन हुने बिध्याबासिनी धार्मिक क्षेत्रबिकास समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए । 

महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षमा मुल समारोह समिति गठन गरिएको छ । विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सब गर्दै आइरहेको समितिले यस बर्ष पनि  भब्य रुपमा नवदुर्गा महोत्सब गर्ने समितिले जनाएको छ  । महोत्सव  अबधिभर करिब डेढ लाख दर्शनार्थी भित्रने अपेक्षा गरिएको छ । 

घटस्थापनाको दिन बृहत शोभायात्रा निकालिने र विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुदै पुन मन्दिरमा पुगेर समापन हुने श्रेष्ठले बताए । 

महोत्सबमा दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा बिशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषको लागि छुट्टा छुट्टै लाइनमा दर्शनको ब्यबस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!