भारतीयलाई नागरिकता दिएपछी ढड्डा नै गायव गरेको खुलाशा !

Posted on: 15 Nov, 2016

कात्तिक ३०, झापा । जिल्ला प्रशासन कार्यालय झापाद्वारा वितरण गरिएको ७५० भन्दा धेरै नागरिकताको ढड्डा नै गायव पारिएको छ ।

१० बर्षअघि नै त्यो ढड्डा गायव पारिएको भएपनि भर्खरैमात्र यसको खुलासा भएको हो । २०६३ चैतमा टाघनडुब्बा गाविसमा टोलीद्वारा वितरण गरिएको नागरिकताको रेकर्ड गायव पारिएको समाचार छ ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन अधिकृत ज्ञानेन्द्र ओझा प्रमुख रहेको टोलीले वितरण गरेको नागरिकताको सक्कल ढड्डा गायव पारिएको हो ।

भारतसँग सीमा जोडिएको त्यस गाविसमा त्यतिबेला धेरै भारतीयलाई नागरिकता दिलाइएकाले सक्कल ढड्डा नै गायव पारिएको हुनसक्ने अनुमान गरिएको छ । - राजधानी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!