नवलपरासीका थानेश्वर तीन वर्षदेखि साउदीको जेलमा

Posted on: 20 Jan, 2017

माघ ७, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल तीन वर्षदेखि साउदीको जेलमा छन् । टिपर चालक रहेका भुसाल दुर्घटनाको समयमा सवारी चालक अनुमतिपत्र नभएको मुद्दामा जेल परेका हुन् ।

उनकी आमा यमकला भुसालले भनिन्, ‘दसैंयता छोरोले घरमा फोन गरेको छैन ।’

उनका अनुसार अन्तिम पटक दसैंको टीकाको दिन उनले फोन गरेका थिए । फोनबाटै उनलाई आशीर्वाद दिएको स्मरण गर्दै उनले भनिन्, त्यसपछि सम्पर्क भएको छैन ।’ 

आमा यमकलाका अनुसार थानेश्वरले फोन गर्दा आफूसँग भएको मोबाइलमा पैसा नभएको र साथीभाइसँग पैसा हुँदा फोन गर्ने गरेको बताएका थिए ।

उनका परिवारले थानेश्वरलाई छुटाउन पहल परे पनि सफल नभएको र उनलाई नेपाल फर्काउन पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेको छ । - राजधानी

यस बिषयमा तपाइको प्रतिक्रिया...!