रोल्पामा पौने २३ करोड बजेट थप, सबै रकम सडकमा

Posted on: 25 Jan, 2017

माघ १२, रोल्पा । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियोजन गरेको छ । 

२५ पुसको निकासा नं. १५५ बाट एघार करोड दश लाख र २७ पुस निकासा नं. १६८ बाट एघार करोड ७८ लाख निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाको विकासका लागि आफूले पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो । 

अर्थमन्त्रालयबाट निकासा गरिएको सबै रकम सडकमा खर्च गरिने भएको छ । निकासा नं. १५५ मा १४ शीर्षकमा जिल्लाका विभिन्न सडकहरुलाई रकम निकासा गरिएको छ । जसमा सबैभन्दा धेरै लोक मनहरी–पुर्खे सुनार शहीद मार्ग र सुलीचौर गुम्चाल हार्जङरी गाम हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडकका लागि समान एक करोड पचास लाख रकम निकासा गरिएको छ । 

त्यस्तै निकासा नं. १६८ अन्तर्गत १८ शीर्षकमध्ये सबैभन्दा धेरै बुढागाउँ–जुँगार गैरीगाउँ–तिला मोटरबाटो र जङ्कोट–बुडहर –कुरेली–मिरुल सडकका लागि समान एक करोड पचास लाखको निकासा रहेको छ ।

रोल्पा पुगेर अर्थमन्त्री महराले रोल्पालाई मन खोलेर बजे ट विनियोजन गर्ने बताउनुभएको थियो । के ही मागका फाइल अगाडि बढिसकेका र अरु पनि अगाडि बढ्ने आश्वासन दिँदै महराले जिल्लामा विनियो जन गरिएका सबै बजेट समयमै खर्च गर्न आग्रह गर्नुभएको थियो । 

उहाँको बोलीसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पर्याप्त बजेट व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । पर्याप्त बजेट विनियो जन गरिए पनि काम नहुने र अन्ततः फ्रिज भएर जाने समस्या भएको भन्दै सभामुख ओनसरी घर्ती मगरले त्यसको खबरदारी दल तथा जनताले गर्नुपर्ने बताउनुभएको थियो ।

बाटो बनाउन सेना परिचालन

उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको सुलीचौर –गाम सडकखण्डमा रहेको शिरक्याङ भीर फोर्न आफूले नेपाली सेनालाई आग्रह गरेको बताउनुभयो । ‘मैले प्रधानसेनापतिलाई बोलाएरै भनेको छु’– उपराष्ट्रपति पुनले भन्नुभयो – ‘शिरक्याङ भीर फोड्न अब धेरै समय लाग्नेछैन ।’ -नयाँ युगबोध राष्ट्रिय दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!