बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द

Posted on: 15 Feb, 2017

फागुन ४, कपिलवस्तु । कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ ।

१७ गते किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभावित हुने डरले घटना लुकाएको थियो । तर बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द भएको छ ।

केटा पक्षले घटना विवरण थाहा पाएपछि विवाह नहुने सूचना पठाएको छ । विवाह रद्दपछि किशोरीकी आमा चिन्तामा परेको आफन्तले बताए ।

विपन्न परिवारकी युवती भारत भन्दा नेपालमा सजिलो र सस्तैमा विवाह हुने भन्दै आमाबुबासहित आएकी थिइन् । मंगलबार केटाको घरमा तिलक लिएर जाने कार्यक्रम थियो ।

दुई पक्राउ, चार फरार

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका २ युवालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!