जब रामकुमारी झाँक्रीले कांग्रेस कार्यकर्तालाई हातखुट्टा भाँच्ने धम्की दिइन् (अडियोसहित)

Posted on: 05 Jul, 2017

असार २१, गुल्मी । एमाले नेतृ रामकुमारी झाँक्री बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई धम्क्याएको अडियो सुन्दा उनको अर्को रुप देखिन्छ । इदैनिकपोस्टलाई प्राप्त २ मिनेट ४८ सेकेण्ड लामो अडियोमा उनले सामाजिक सञ्जालमा लेखेकै आधारमा हातखुट्टा भाँचीदिने धम्की दिएकी छन् । आफुले बोलाएको ठाउँमा नआए एक्सन लिने उनको धम्की छ । 

भिडियो हेर्नुहोस 


गुल्मीको मदाने गाउँपालिकाका कांग्रेस कार्यकर्ता बमबहादुर कुवरलाई  झाँक्रीले धम्क्याएका हुन् । झाँक्री पनि सोही गाउँपालिकाकी हुन् । 

सामाजिक सञ्जालमा लेखिएका विषय चित्त नबुझेमा प्रहरीमा उजुरी गर्न सकिन्छ । गलत गरेको भए साइबर क्रायम अन्तर्गत मुद्धा हाल्न सकिने व्यवस्था बारे झाँँक्री पक्कै अनविज्ञ थिइनन् । तर, उनले धमकी नै दिएपछि कुँवर आफ्नो सुरक्षाका बारेमा चिन्तित भएको बताउँछन् । 

झाँक्रीले आफुलाई धम्क्याएकोबारे कुँवरले यस्तो लेखेका छन् :


-इदैनिक पोष्टबाट साभार 

यस बिषयमा तपाइको प्रतिक्रिया...!