बाजुरा प्रहरी कार्यालयको हिरासतमै निर्घात कुटिए दाजुभाई

Posted on: 21 Jul, 2017


साउन ६, बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दलबहादुर बोगटीको निर्देशनमा कृष्ण बानियाँ र लोकेन्द्र बानियाँलाई हिरासतभित्रै निर्घात कुटपिट  गरिएको छ । उनीहरु दाजुभाइ हुन् । 

उनहिरुलाई गत ३१ असारमा प्रहरीले घरबाटै पक्राउ गरेको थियो । घरमा खाना खाएर सुतेको अवस्थामा दुईजना सिभिलमा आएका प्रहरीले एक मिनेट काम छ भन्दै घरबाहिर निकालेका थिए ।

त्यसपछि बजारमा खटिएको गस्ति टोली बोलाएर कुट्दै प्रहरी कार्यालय लागेको दाजु कृष्ण बानियाँले बताए । -नयाँ पत्रिका दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!