नवलपरासीमा खोलामा डुबेर बालकको मृत्यु, पेस्तोलसहित एकजना प्रहरी फन्दामा

Posted on: 24 Aug, 2017

भदौ ८, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा खोलामा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । 

झरही खोलामा माछा मारेको हेर्न जाने क्रममा पाल्हीनन्दन १ शंकरपुरका अन्दाजी ८ वर्षीय उमेश हरिजनको डुबेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

माछा मारेको हेर्ने क्रममा अचानक खोलामा खसेर बेहोस भएको र उपचारका लागि भारत ठुटीबारी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पेस्तोलसहित एक जना पक्राउ 

यसैगरी नवलपरासीकै पाल्हीनन्दन गाउपालिका–४ लौहरौलीमा पेस्तोलसहित बुधबार तीनजना युवा पक्राउ परेका छन् । 

सुराकीका आधारमा स्थानीय १६ वर्षीय कन्हैया केवट, श्रवण हरिजन र बेलासपुर बस्ने वर्ष १६ कै अनन्दकुमार जैसवाललाई खानतलासी गर्दा कुटुवा पेस्तोल बरामद भएको नवलपरासी प्रहरीले जनाएको छ । 

कन्हैया केवटको झोलाभित्र ब्यान्ड लेखेको कटुवा पेस्तोल फेला परको हो । प्रहरीले३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । -कान्तिपुर दैनिक 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!