बोक्सी बकाउने भन्दै स्कुलमै आएर एक घण्टासम्म आमाले कुटिन्

Posted on: 14 Mar, 2018

फागुन ३०, गोरखा | बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ ।

सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् ।

जानुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । 

कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानुकामाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए ।

शिक्षक श्रेष्ठले भने,

-दोस्रो घण्टीको कक्षा चलिरहेको थियो ।

-जानुका एक्कासी बिरामी भइन् ।

-हामीले आमालाई बोलायौं ।

-आमा आएलगत्तै एक जनाले जानुकाको खुट्टा समाते ।

-आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।

- आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!