बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए

Posted on: 15 Mar, 2018

चैत १, कञ्चनपुर | आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् ।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।

उनले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरिरमा तातो घिउ खन्याइदिएका छन् ।

तातो घिउले शरिरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ । 

समाचारमा लेखिएको छ, महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पतिाल रिफर गरिएको छ ।


सुनिताले घटनाबारे भनिन्, 

-बुधबार बिहान म आँगनमा थिएँ । 

-अचानक राकेश आयो । 

-अस्ति कोसँग घुम्दै थिइस् भन्दै कुट्दै भित्र लग्यो । 

-त्यसपछि सुरुमै औंलाले आँखा घोचिदियो । 

-म केही नदेख्ने भएँ । 

-आमा छेक्न आउँदा आमालाई पनि कुटपिट गर्यो ।

सुनिताका अनुसार राकेशले ३ महिनाअघि पनि बिवाह गर्न दबाब दिँदै कुटपिट गरेका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा परिवारसहित बसेर मिलापत्र गरिएको उनले सुनाइन् ।

- आजको कान्तिपुरमा समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!