सुन कम हुँदा बिहे रोकियो: जन्तीको भागाभाग, बेहुली बेहोस

Posted on: 26 Mar, 2018

चैत १२, सिरहा | लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे ।

आजको अन्नपूर्ण पोष्ट लेख्छ- सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राती ८ बजे जन्ती आइपुगे ।

हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने स्वम्बरलाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ । निकाह भन्दा अगाडी बेहुलीका लागि बेहुलाले ‘महर्दन’ दिने चलन छ ।

बेहुलाका लागि सुनका गहना, लत्ताकपडालगायतका सामान दिनुलाई महर्दन भनिन्छ ।

तर, महर्दनका लागि सम्झौताअनुसारको सुन वेहुला पक्षले नल्याएको कारण विवाह नै रोकियो ।

खुशीयाली छाइरहेको बेला माहोल बदलियो । जन्तीहरुबीच भागाभाग मच्चियो । केहीले खाना खाए, केहीले नखाई घर भागे ।

विवाह रोकिएपछि सम्जिला बेहोस भइन । उनलाई तत्काल लहान लगेर अस्पताल भर्ना गरियो ।

एकलाख ६० हजार रुपैंयाँ दाइजो दिएको बेहुली पक्षले महर्दनमा दुई तोला सुन दिनुपर्ने माग गरेको खुलेको छ ।

पछि डेढ तोला सुन दिने सम्झौता भएको थियो ।

तर विहे गर्न जन्ती लिएर आएका बेहुलाले दुई आना सुन मात्र ल्याएका कारण विवाद भएको स्थानीय सञ्जीव यादवले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!