सन्धिखर्क नगरपालिकाको रनिङ्गशिल्डको उपाधि अर्घाखाँची आवसियलाई

Posted on: 10 Apr, 2018

चैत २७, अर्घाखाँची | सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि अर्घाखाँची आवसिय मावि सन्धिखर्क बेल्बाटिकाले हात पारेको छ । विभिन्न विधामा खेलाइएका खेलमा कुल १ सय ६८ अंक सहित अर्घाखाँचीले उपाधि उचालेको हो ।  १ सय २८ अंकका साथ गौरीशंकर इङ्गलिस वोर्डिङ्ग सन्धिखर्क द्वितिय र समान  १ सय २७ अंक लिएर युवा वर्ष जनता रविचित्र मावि सन्धिखर्क र जनज्योति मावि सन्धिखर्क तृतिय भएका छन् ।

 अर्घाखाँची आवसियले छात्रा कवड्डीमा प्रथम, छात्रा त्रिपल जम्पमा प्रथम, छात्रा कवड्डीमा द्वितिय, भालामा प्रथम, दुइ सय र चार सय  मिटर दौडमा प्रथम स्थान हासिल गरेको छ । यस्तै छात्रा रिले दौडमा द्वितिय, हाइजम्पमा द्वितिय लगायत अन्य खेलमा समेत अंक जोड्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडी तथा समुहलाई मेडल र प्रमाण पत्र वितरण गरिएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले खेलाडीहरुलाई पुरस्कृत गर्नुभयो ।

 विजयी समुहलाई शिल्ड र ट्रफी राष्ट्रपति रनिङ्गशिल्डका विजेतासँगै प्रदान गरिने भएको छ । गत वर्षको सन्धिखर्क रनिङ्गशिल्डको उपाधि भगवति मावि शंखेटारीले हात पारेको थियो । खेलमा सामुदायिक र संथागत गरि १८ विद्यालयले भाग लिएका थिए ।  १८ वर्ष भित्रका खेलाडीहरुलाई मात्र खेलमा  सहभागि गराइएको थियो । उपाधि विजेता विद्यालयका प्रिन्सिपल श्रीकृष्ण भुसालले विद्यालयले पहिलो पटक रनिङ्गशिल्ड हात पार्नुलाई ठूलो सफलताको रुपमा लिएको बताउनुभयाे । ‘लगातार तिन पटक विजयी भएर शिल्ड कव्जा गर्ने योजनामा  लाग्ने छौं’ उहाले भन्नुभएको । उनले यसपटक राष्ट्रपति रनिङ्गशिल्डको  समेत उपाधि हात पार्ने गरि खेलाडीहरुलाई प्रशिक्षित गरेको बताउनुभयाे ।

भोली ( बुधबार ) देखि नवौं राष्ट्रिपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुँदैछ  । खेलको अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!