मेलम्चीवासी भन्छन्- 'मेलम्चीको पानी लान नसोचे हुन्छ'

Posted on: 22 Apr, 2018

वैशाख ९, काठमाडौं | मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । 

ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने, 'सुरुङ खन्नु अघि हेलम्बु, इचोक, महांकाल, थकजनी, हैबुङलगायतका मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित वस्तीमा खानेपानीको राम्रो व्यवस्था थियो । अहिले यी ठाउँमा खानेपानी सुकिसक्यो ।' 


उनको अनुसार सुरुङ खन्न शुरु भएपछि बस्तीमा यस्तो अवस्था सिर्जना भएको हो ।' सुरुङ खन्नका लागि विस्फोट गर्दा जमिनमुनि थर्किएर खानेपानीको मुहान सबै सुकेको उनको भनाई छ ।

'हाम्रो अवस्था काकाकुलको जस्तै भइरहेको छ । यस्तो अवस्था भइरहँदा पनि समस्याको समयमै समाधान गरिएन भने मेलम्चीको पानी लान नसोचे हुन्छ' उनले भने ।  

- आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!