स्कारपियोले ठक्कर दिँदा एकको मृत्यू

Posted on: 27 Apr, 2018

प्रकाश बम | वैशाख १४, डोटी | डोटीको बुडरमा स्करपियोको ठक्कर दिँदा आज बिहान एकजनाको मृत्यू भएको छ । धनगढीबाट बाजुरा तर्फ गइरहेको बा १६ च ८७८२ नम्बरको स्करपियोको ठक्करबाट भिमदत्त नगरपालिका २ कञ्चनपुरका १९ बर्षिय राजेश बिष्टको मृत्यू भएको हो ।

तीव्रगतिमा गइरहेको स्करपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डोटीको जोरायल गाउँपालिका २ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत बिष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।  ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक बिष्ट बुडरस्थित आफ्नो काकाको घरमा बस्दै आएका थिए ।

तश्विरमा: किचिएको अवस्थामा 

तश्विरमा: स्थानीयले स्कारपियो सडकबाट पल्टाईदिएपछी

यस बिषयमा तपाइको प्रतिक्रिया...!