प्रहरी झुक्याउन १७ दिनमा आठ सिमकार्ड

Posted on: 09 May, 2018

वैशाख २६, भक्तपुर | थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल भएको छ ।  

थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या भएको प्रहरीको भनाइ छ । 

प्रहरीले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएको बताएको लामो समय बितिसक्दा पनि पक्राउ नपर्नु सिम परिवर्तन नै प्रमुख कारण भएको स्पष्ट पारेको छ ।  

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् ।

‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्नेछौं’ प्रमुख जिल्ला अधिकारी भट्टले भने । 

महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक उज्जल महर्जनले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरु धेरै नजिक प्रहरी पुगिसकोको दाबी गरे । 

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । - आजको राजधानी दैनिकमा खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!