यस्तो बन्दैछ १ देखि १२ कक्षासम्मको नयाँ पाठ्याक्रम

Posted on: 16 May, 2018

जेठ २, काठमाडौँ | पाठ्यक्रम विकास केन्द्रले नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक गरेको छ । 

कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनको लागि सोमबार सार्वजनिक गरिएको हो । 

विषय क्षेत्रगत विज्ञको संलग्नतामा समयानुकुल विद्यालय तहको पाठ्यक्रम निर्माण गरेका हौँ, केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, मस्यौदालाई अन्तिम रुप दिन रायसुझाव संकलनका लागि सार्वजनिक गरिएको हो । 

केन्द्रका अनुसार जेठ ३ सम्म रायसुझाव संकलन गरेर राष्ट्रिय पाठ्यक्रमको प्रारुपलाई अन्तिम रुप दिईनेछ । - कान्तिपुर दैनिकबाट मा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!