मोदी भ्रमणको खर्चमा राजपा र फोरमबीच विवाद सुरु, नक्कली बिल बनाएको आरोप

Posted on: 19 May, 2018

जेठ ५, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीमा गरिएको खर्चको विषयमा प्रदेश २ का सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल र राजपाका नेताबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

मोदीको जनकपुर भ्रमण सफल बनाउन प्रदेश २ सरकारले सात वटा समिति बनाएको थियो । 

भ्रमणपछि सात वटै समितिले आफूले गरेको खर्चको विवरण तयार गरेका छैनन् । प्रदेश २ सरकारका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहको संयोजकत्वमा गठित नागरिक परिचालन समितिका सदस्यबीच खर्चलाई लिएर आरोप प्रत्योरोप चलेको छ । 

समितिकी सदस्य एवं प्रदेशसभा सांसद डिम्पल झाले भने यस विषयमा भ्रष्टाचार भएको आरोप लगाएकी छन् । रौतहटका प्रदेश सभा सांसद योगेन्द्र राय यादवले नक्कली बिल बनाई अनियमितता गरेको उनले बताइन् । 

- आजको नागरिक दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!