मानव तस्करको भरोसामा अमेरिका गएकी सुमित्रा समुन्द्रमै बिलाइन्

Posted on: 20 May, 2018

जेठ ६, काठमाडौँ | करिव ४० लाख खर्चेर अमेरिका जान मानव तस्करको पछी लागेका तीन नेपाली युवतीमध्ये एकको समुन्द्रमा जहाज हराएपछि पानी पनि खान नपाएर मृत्यु भएको छ भने दुई नेपाली युवती बल्लतल्ल बाँचेर फर्किएको समाचार छ | 

समाचार अनुसार विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन | जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाध्यानंह छ तर केहि घण्टामा गन्तब्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउछ | जहाज विशाल समुद्रमा कयौं दिन हराउँछ, खानेकुरा सकिएर यात्रु हैरान छन् | यतिकैमा खाना नपाएर छटपटी भएर एकको मृत्यु हुन्छ | जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ति युवतीको शव समुद्रमै फाली दिन्छन |

अगाडी समाचार छ - यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य होइन, यो तीन नेपालीले प्रत्यक्ष भोगेको घटना हो | अब बाँचेका दुई युवतीले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछाप्न आग्रह गरेका छन् | केहि महिना अघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज 'क्यारेबियाँ सी' मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो | उक्त जहाजभित्र पानी र खाना नपाएर  भक्तपुरकि सुमित्रा कुँवरको मृत्यु भएको थियो | उनीसंगै गएका दुई नेपाली युवती सकुशल फर्किएपछि समाचार बाहिर आएको हो | 

काठमाडौँबाट नयाँ दिल्ली हुँदै तीनजना युवती अमेरिकामा गएर कमाउने आशामा मस्को-बोगटा-डोमिनिका-हैटी हुँदै जाँदा सुमित्राको मृत्यु भयो र दुई नेपालीसहितको जहाज बहमास पुग्यो त्यसपछि अमेरिका जाने भनेका युवतीहरु क्युवा-पेरिस हुँदै आबुधावी हुँदै काठमाडौँ फर्किए तर जाँदा तीन जना गएपनि अमेरिका नपुगी नेपाल फर्कंदा दुई जना मात्र फर्किए | 

- यस बिषयमा बिस्तृत समाचार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!