नेकपाको सम्पत्ति: कसको कति ?

Posted on: 21 May, 2018

जेठ ७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ । 

एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन । 

माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ । 

दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो । 

एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जयजेथा नेपाल कम्युनिष्ट पार्टीको हुने सहमति भएको थियो । - आजकोनागरिक दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!