पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ जनालाई जन्मकैद

Posted on: 21 May, 2018

जेठ ७, काठमाडौँ | अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । 

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो । 

२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो । 

दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् । - कान्तिपुरमा समाचार छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!