नेता बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसका दिन कैदमुक्त गर्ने तयारी

Posted on: 21 May, 2018

जेठ ७, काठमाडौँ | सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ ।

डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो । 

उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीलगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाईएको छ भने विभागले एकदुई निदभित्रै मन्त्रालयमा सो सिफारिस पठाउने तयारी गरेको छ ।

- आजको नागरिक दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!