१३ हजार कर्मचारीमाथि कारबाही गर्ने निर्णय

Posted on: 22 May, 2018

जेठ ८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ । 

राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक बर्ष २०७३/७४ को सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण समावेश भएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन २०७३, ७४ उपर आयोगको बैठकमा छलफल गरी कारवाही रामेश्वर दंगालले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिईएको हो । 

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार  पाँच हजार रुपैयाँ जरिवाना गरिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!