४ बालबालिकाको डुबेर मृत्यु, सिङ्गो गाउँ शोकमग्न !

Posted on: 22 May, 2018

जेठ ८, काठमाडौँ | लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँको दिनचर्या सोमबार पनि अन्य दिनझै सामान्य थियो । 

लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पर्ने यस गाउँको मुस्लिम समुदाय रीतिरिवाजअनुसार मुस्लिम पर्व रमजान मनाईरहेको थियो । 

मध्यानतिर एकाएक गाउँको माहोल बदलियो । पुरै गाउँ शोकमा डुब्यो । 

साढे ११ बजे नजिकैको नौखनिया भनिने पोखरीमा नुहाउने क्रममा डुबेका चार बालिकाको मृत्यु भएको हो । 

उनीहरु चारै मुस्लिम समुदायका हुने भने दुई जना एकै परिवारका ।

मृत्यु हुनेमा स्थानीय सरोबेद्धिन मुसलमानकी छोरी १४ बर्षीया साहबिया खातुन, सौकत अली मुसलमानकी छोरी १० बर्षीया सहमा खातनु, मोहम्मद सरिफ गद्धीकी छोरी १० बर्षिया अविदा खातनु रकम हुसैन गद्धीकी छोरी ९ बर्षीया मुमिना खातुन छन् । आजको कान्तिपुरमा यो खबर छ । 

गर्मी छल्नका लागि नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । पोखरी गाउँदेखि टाढा भएका कारण डुबेका बालिकाहरूको उद्धार समयमै हुन नसकेको उनले बताए । ९ बजे पढाइ सकेर घर आउने, खाना खाइसकेपछि साथीहरूसँग निस्कने र दिउँसो घर फर्कने गरे पनि मोमिना नुहाउन पोखरीमा छिरेकी थिइन् । रमजान सुरु भएपछि उनले अध्ययन गर्ने मदरसा इस्लामियामा नरुलघोदा बिचहरापुरमा बिहान ७ बजेदेखि ९ बजेसम्म पढाइ हुन्थ्यो । 

उनी पोखरीमा डुबेको खबर सुनेपछि हस्याङ फस्याङ गर्दै मोमिनाका बाबु कमर हुसेन पोखरीमा पुगे पनि अन्य तीन बालिकासहित छोरी डुबिसकेको भेटेका थिए । उनीहरूको भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा  लगाइएको छ ।

तश्विर: राजधानीडेलीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!