अदालतमा खड्काको यस्तो दुष्प्रयास

Posted on: 23 May, 2018

जेठ ९, काठमाडौँ | नागरिक दैनिकविरुद्ध गाली बेईज्जती मुद्धा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्धकनिर्देशक गोपाल खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन् । 

उनले नागरिक दैनिकमा प्रकाशित समाचारबाट आफ्नो मानहानि भएको भन्दै ८० करोड रुपैयाँ क्षतिपुर्ति दावी गरेका छन् । 

पटकपटकको सुनुवाईका लागि तोकिएको पेसी सार्दै आएका खड्काले सोमबारको पेसीमा न्यायाधीश कैलाशप्रसाद सुवेदीसाग नागरिक दैनिकका सञ्चालकको नाता रहेको बुझिन आएको भन्ने निवेदन दिई उनलाई मुद्धा नहेर्न दबाब दिए ।

- आजको नागरिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!