धादिङबेसीदेखि टारीबेंसी सडकमा लापरवाही: ठेकेदारको यस्तो लापरबाही

Posted on: 26 May, 2018

जेठ १२, धादिङ | जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ ।

स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित प्रगति भने हुन सकेको छैन ।

स्तरोन्नतीका नाममा खनेर लथालिङ्ग छोड्दा सडकमा पैदल, मोटरसाइकल मात्रै हैन ढुवानी साधनसमेत हिलोमा फस्ने गरेका छन् । 

निर्माण कार्य भइरहँदा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधन समेत चल्न सकेका छैनन् । आजको कान्तिपुरको पृष्ठ १३ मा धादिङबेसी-टारीबेंसी सडकः ठेकेदारको लापरबाहीले बनेन शिर्षकमा समाचार छापिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!