सगरमाथा नाप्न २७ करोड, प्राविधिक टोली अहिले ओखलढुंगाको ढापमा

Posted on: 09 Jun, 2018

जेठ २६, काठमाडौं | विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक बर्ष १५ करोठ रुपैयाँ बजेट बिनियोजन गरेको छ । 

यसअघि दुई करोड रुपैयाँ छुट्याइएकामा यस बर्ष बजेटको दायरा फराकिलो बनाएको नापी विभागले जनाएको छ । 

विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जनभन्दा बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए ।

सिरहाको मिर्चौयादेखि  लेभलिङ शुरु गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ । यस आर्थिक बर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिने बताइएको छ ।

- आजको नोपल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!