यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

Posted on: 19 Jun, 2018

असार ५, काठमाडौं | संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । 

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । 

उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् । 

समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । 

- आजको कान्तिपुर दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!