नेपाली ध्वजावाहक बिमानको अब विश्वभर उडान

Posted on: 23 Jun, 2018

असार ९, काठमाडौं | नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमान स्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ ।

नेपाली विमानले अमेरिका बाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको बताए । 

सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछ । यसअघि २ मात्र उडान हुने व्यवस्था थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!