अन्तत: यातायातमा सिन्डिकेट हटेन, यातायात समितिलाईनै वैधता दिइदै

Posted on: 09 Jul, 2018

असार २५, काठमाडौँ | यातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि हटेको छ ।

यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर भौतिक पूर्वाधार तथा यातायातमन्ँत्री रघुवीर महासेठले सिन्डिकेट हटाउन एउटा कार्यदल बनाए ।


साउन १ देखि यातायात समितिको नवीकरण नहुने र यस्ता समितिको अस्तित्व नै नरहने अवस्थामा पनि अहिलेसम्म उक्त कार्यदलले कुनै निष्कर्ष दिएको छैन । 

- आजको कारोवार दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!