सुन तस्करी र हत्या प्रकरणः गोरेका सहयोगीसहित तीनजना जेल चलान

Posted on: 10 Jul, 2018

असार २६, काठमाडौँ | संगठित अपराध, सुनकारी र सनम शाक्य हत्या मुद्धाका थप तीन अभियुक्तलाई जिल्ला अदालत मोरङले सोमबार पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

अरु तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । 

न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको हो । 

तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालते उनीहरुलाई थुनामा राखेर पुर्वपक्ष गर्न आदेश दिएको हो ।

- आजको कान्तिपुरदैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!