९० बर्षिया अपांग बृद्धा २० बर्षीयद्वारा बलात्कृत, ११ बर्ष जेल हुने

Posted on: 10 Jul, 2018

असार २६, पर्बत | मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ । 

पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो । 

पर्वत जिल्ला अदालतका न्यायाधीश धुव्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्वपक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपुर्ति तिराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोखरेलले जानकारी दिए । 

यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!