अब भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

Posted on: 12 Jul, 2018

असार २८, काठमाडौँ | भारतीय राज्यसभा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् । 

राज्यसभाका सभापति एम वेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन्। संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताए । 

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारे। 

राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङकणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जनाए । नायडूले मंगलबार औपचारिक रुपमा यी भाषामा अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा समेल पनि गरे ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!