उड्ने कारको सपना साकार हुँदै

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौँ | उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । 

धेरै उपन्यास र फिल्ममा यसबारे कथ बुनिएका छन् । अवब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । 

धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् । तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् । 

अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाईसेन्स आवश्यक पर्दैन । 

व्ल्याकफुलाई नाम दिईएको यो कार १० किलोमिटरसम्म उड्न सक्छ । 


यसलाई निर्माण गर्ने कम्पनीका अनुसार भविष्यमा यो कार गुड्ने खालको स्पोर्टस कारकै मुल्यमा उपलब्ध हुनेछ तर सुरुवाती अवस्थामा भने यो केही महंगो पर्नेछ । 

गुगलका सहसस्थापक ल्यारी पेजको लगनी रहेको अर्को स्टार्ट अप कम्पनी किटी हकले पनि लस भेगसमा व्यक्तिगत रुपमा उडाउन मिल्ने हवाईजहाजको परीक्षण गरिरहेको छ। 

- आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!