२०६५ मा कान्तिपुर दैनिक छाडेका नारायण वाग्ले फेरी कान्तिपुरका प्रधान सम्पादक

Posted on: 14 Jul, 2018

असार ३०, काठमाडौं | २०६५ सालमा कान्तिपुर दैनिक छाडेका नारायण वाग्ले फेरी कान्तिपुर दैनिकका प्रधानसम्पादकमा नियुक्त भएका छन् । वाग्ले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नियुक्त भएका हुन् ।

कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरेका हुन् । यस बिषयमा आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । समाचार अनुसार सिरोहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी गराउँदै १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्व सम्हालेका शर्मालाई अध्यक्ष सिरोहियाले आफू र कान्तिपुर व्यवस्थापनका तर्फबाट भविष्यको उत्तरोत्तर सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

वाग्ले स्थापनाकालदेखि नै कान्तिपुरसँग आबद्ध  भएर यस अघि पनि ५ वर्ष सम्पादक सम्हालेका थिए । कान्तिपुर दैनिक छाडेर नागरिक दैनिकमा प्रधान सम्पादक बनेका वाग्ले १० बर्ष पछी फेरी कान्तिपुरमै आवद्ध भएका हुन्  । 

कान्तिपुरले आज उसको बारेमा पहिलो पृष्ठमा समाचार लेख्दै ‘उहाको अनुभव, इमानदारीता र व्यावसायिकताका कारण हामीले उहालाई फेरि फर्काएका छौं, उहाको नेतृत्वमा कान्तिपुरले थप उचाइ लिनेछ ।’ भन्दै लेखेको छ । समारोहमा नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफूले ‘टिम वर्क’ मा विश्वास गर्ने उल्लेख गर्दै भविष्यमा कान्तिपुर र पत्रकारितालाई थप उचाइमा पुर्याउन सबैलाई साथ लिएर काम गर्ने बताए । उनले भने ‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरें, छाडेर बाहिर रहें । यसबीच मैले सगालेको अनुभव र सिकेको सीप प्रयोग गर्नेछु,’ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!