यी साधानः प्रयोग गर्दैनन् किशोरकिशोरी !

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौँ | परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ । 

जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्युन भएको हो । 

वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पत्ती लामो समयसम्म छुट्टिएर वस्दा उनीहरुबीच योनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्युन देखिएको विशेषज्ञ बताउँछन् । 

परिवार स्वास्थ्य महाशाखाको थ्यांक अनुसार नेपालमा १५ देखि १९ वर्षका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् । विवाहित महिलामध्ये ५३ प्रतिशतले भने परिवार नियोजनका साधन अपनाइरहेका छन् । विशेष गरी प्रदेश ४ र ५ मा यसको प्रयोग अत्यन्तै न्यून छ, दुवै प्रदेशमा ३८ प्रतिशत मात्रै प्रयोग गर्छन ।

जातिगत स्थिति हेर्दा मधेसी र मुस्लिम समुदायमा यसकोप्रयोग कम छ ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!