अस्ट्रलियाले घटायो आप्रवासी कोटा

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौँ | पछिल्लो समय आप्रवासीप्रति कडा नीती लिएको अस्ट्रेलियाले हरके बर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । 

अस्ट्रेलियाले हरके बर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ ।

सरकारले पछिल्लो तथ्यांकअनुसार गर्तबर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिव २१ हजारले कम गरिएको छ । 

गतवर्ष करिब १ लाख ८४ हजारले आप्रवासीका रूपमा प्रवेशको अनुमति पाएकोमा यस वर्ष करिब १ लाख ६३ हजारलाई मात्र प्रवेशको अनुमति पाएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै स्किल माइग्रेसन कार्यक्रम अन्तर्गत प्रवेश पाउनेहरूको संख्या करिब १२ हजार बढीले कम गरिएको छ भने पारिवारिक शीर्षक अन्तर्गत आउनेहरूको संख्या करिब ९ हजारले कम भएको छ ।

अस्ट्रेलियामा आएको आप्रवासीहरूको संख्या एक दशककै कम भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरका छन् । 

- यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!