अब श्रीमति पिडित भएर बस्नु पर्दैन्, भदौ १ देखि आउंदैछ यस्तो नीति

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौं | के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? 

यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । 

मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । यो संहिता भदौ १ गतेबाट लागू हुँदै छ । परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । 

समाचारमा लेखिएको छ, विद्यमान कानुन श्रीमानको हकमा त्यति लचक छैन । श्रीमतीले चाहेमात्र छिटो सम्बन्धविच्छेद हुनसक्छ । 

- आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!